Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको वित्तीय विवरण - बढ्यो नाफा, जीवन बीमाकोष १० अर्ब बढी

अर्थ संसार

बुधबार, १६ माघ २०८१, ११ : ४२ मा प्रकाशित

आइएमई लाइफको वित्तीय विवरण - बढ्यो नाफा, जीवन बीमाकोष १० अर्ब बढी

आइएमई लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनी त्रैमाससम्म प्रगति गरेको देखिन्छ । 

१४.१२ प्रतिशतले बढ्यो खुद नाफा

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

जीवन बीमा कोष

यो अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार ४४.०८ प्रतिशतले बढेको छ। दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७ अर्ब ५४ करोड ६० लाख रुपैयाँ थियो। 

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

सेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.७१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.७४ रुपैयाँ थियो। यस्तै, पीई रेसियो ४३.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.२३ रुपैयाँ रहेको छ।

कुल/खुद बीमाशुल्क आर्जन

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।  यस्तै, यो अवधिसम्म कम्पनीले  २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशतले बढी हो ।

महाविपत्ति कोष र रिटेन्ड अर्निङ पनि बढ्यो 

दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १९ करोड ७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १६ करोड १९ लाख रुपैयाँ थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको