Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको कहिले बस्दै छ एजिएम ? यस्ताे छ एजेण्डा

अर्थ संसार

शुक्रबार, २३ फागुन २०८१, १० : २९ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको कहिले बस्दै छ एजिएम ? यस्ताे छ एजेण्डा

आइएमई लाइफ इन्स्योरेन्सको आइतबार फागुन २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको