Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको नाफा ११ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १८ : ०९ मा प्रकाशित

आइएमई लाइफको नाफा ११ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको  तुलनामा वृद्धि भएको छ। 

 ११.२२ प्रतिशतले बढ्यो नाफा 

गत आवमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो गत आव बर्षको पहिलो त्रैमासको भन्दा ११.२२ प्रतिशतले बढी हो । 

कुल आम्दानीमा पनि वृद्धि

गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ।

जीवन बीमा कोष पनि बढ्यो 

गत आवको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले वृद्धि भएको हो 

खुद बीमाशुल्क

 गत आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

घट्यो प्रतिसेयर आम्दानी

नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। चालू आवमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले घटेर ११ रुपैयाँ ६० पैसामा झरेको छ। 

प्रतिसेयर नेटवर्थ 

कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको