Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

अर्थ संसार

आइतबार, ३१ असार २०८०, १४ : ३२ मा प्रकाशित

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८-७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो । 

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रहरु मध्ये कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागिहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने  कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको