Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक पारित

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, ०७ : ५१ मा प्रकाशित

मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको