Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः चूनौती

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, ११ : २५ मा प्रकाशित

काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः चूनौती

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी—१ वासीले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक लगाएका छन् । उनीहरूले आज (सोमबार) बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेँसीको सीमानामा अवरोध गरेका हुन् ।

स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बाटामै रोकिएका छन् । ककनी–३, ५ र धुनीबेँसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताइएको छ ।

मानव बस्तीसँगै फोहोर नराख्न पटक–पटक अनुरोध गर्दा पनि सरकाले अटेर गरेपछि अवरोध गर्न बाध्य भएको स्थानीयको भनाइ छ । ककनी—५ का दलबहादुर सुनारले कहिलेसम्म महामारीसँग जुधिरहनुपर्ने ? भन्दै प्रश्न गरे । उनले मानव जीवनभन्दा ठूलो केही हुन नसक्ने बताए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको