Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १५ : १८ मा प्रकाशित

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

आज (बुधबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेर बन्द भएकाे छ । बढेकाे बजारमा बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताकाे आकर्षण देखिएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेकाे छ । नेप्से ०.५२ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ३.३३ अंकले बढेर ४१०.४६ विन्दुमा पुगेको छ । 

कूल २६० वटा कम्पनीकाे ८६ लाख ७४ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ कराेड ८६ लाख ७९ हजार ९ सय रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार समूह ४.८३ प्रतिशतले बढेकाे छ । त्यसपश्चात् धेरै बढ्ने दाेश्राे र तेश्राेमा बैंकिङ्ग र विकास बैंक समूह रहेका छन् ।

आज युनाइटेड अजाेड इन्स्याेरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २३ कराेड ५७ लाख ४५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४ सय ९० रूपैयाँ ७० पैसा पुगेकाे छ । 

आज एनआईबीएल समृद्धि फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ९.६४ प्रतिशतले घटेर ८ रूपैयाँ ६ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको