सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ लाख ७२ हजार ९ सय ५४ रूपैयाँ ५० पैसा बराबरकाे प्रति कित्ता १०० रुपैयाँको दरमा ४६ हजार ७ सय २९ दशमलव ५ सय ४५ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) सर्वसाधारणहरुमा निष्कासन गर्ने भएकाे छ ।
संस्थाले एफपीओ निष्कासन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस