Like us!
Follow us!
Connect us!
Watch us!

सुन बरामद प्रकरणबारे नेता बस्नेतले भने– नेपालको ‘संगठित सत्ता सेटिङ’ विना भन्सार जाँचपास हुन सक्दैन्

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ११ : ५५ मा प्रकाशित

सुन बरामद प्रकरणबारे नेता बस्नेतले भने– नेपालको ‘संगठित सत्ता सेटिङ’ विना भन्सार जाँचपास हुन सक्दैन्

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालको संगठित सत्ता सेटिङ विना भन्सार जाँचपास हुन नसक्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेको ठुलो परिमाणमा सुन बरामदको घटनाबारे उल्लेख गर्दै नेता बस्नेतले विमानस्थलमा त्यति ठुलो जनशक्ति र प्रविधिसहितको संरचना रहेकाले संगठित सत्ता सेटिङ विना भन्सार जाँचपास हुन नसक्ने दाबी गरेका हुन् ।

हजारौं किलो सुन तस्करीको संगठित सत्ता सेटिङको जालो माथि सम्म रहेको बुझ्न अप्ठ्यारो नरहेको समेत उनको भनाई छ ।

उनले लेखेका छन्, ‘तीन तथ्य र एक प्रश्न !!

फाइल तस्बिर उधिनेर लेखिएका कथा जनताले पत्याउँदैनन् । किनभने निम्न सामान्य ज्ञान सबैलाई थाहा पाएकै छन् ?
तथ्य ?

१) यस पटकको सुन तस्करीमा दीपक मलहोत्रा संग्लन छन वा छैनन् ?  त्यो अनुसन्धानबाट पुष्टी होला । तर यति स्पष्ट हो, दीपक मलहोत्रा कसैका होइनन, जो सत्तामा आउँछन् उनी त्यसैको हुन्छन । 

२) विमानस्थलमा त्यति ठुलो जनशक्ति र प्रविधि भएको संरचना छ । ‘संगठित सत्ता सेटिङ’ विना भन्सार जाँचपास हुन सक्दैन । 

३) मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर सुन ल्याउने गरिएको रहेछ । तथ्याङक अनुसार गएको २ महिनामा मात्रै २२ पटक ‘ब्रेक शु’ ल्याइएको रहेछ । यसको मतलब गएको २ महिनामा हजारौं केजी सुन तस्करी भएको रहेछ । ती हजारौं किलो सुन तस्करीको ‘संगठित सत्ता सेटिङ’ को जालो माथि सम्म रहेको बुझ्न अप्ठ्यारो छैन ।

एक प्रश्न ? 

१) सुन गृह र अर्थको संरचनाले पास गराएपछि प्रधानमन्त्री कार्यालय अन्तरगतको राजस्व अनुसन्धान विभागले समातेको हो । तर अध्ययन र स्रोतहरुका अनुसार सुन तस्करीको जालो केवल राष्ट्रिय होइन यो अन्तराष्ट्रिय हो । अन्तराष्ट्रिय अर्थात् अन्डर वल्ड अपराधिक समूहको संग्लनताको प्रश्न छ । नेपालको ‘संगठित सत्ता सेटिङ’ सबै–सबै संग्लन भएर जारी राखिएको तस्करी कुनै देशको सूचना र दबाबपछि मात्रै बरामद गर्न बाध्य त भएको होइन ?-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको