Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनको स्वीकृति लिन प्रभु इन्स्योरेन्सले दियो बीमा प्राधिकरणमा निवेदन

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १५ : १८ मा प्रकाशित

हकप्रद निष्कासनको स्वीकृति लिन प्रभु इन्स्योरेन्सले दियो बीमा प्राधिकरणमा निवेदन

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको पूर्व स्वीकृति लिन बीमा प्राधिकरणमा निवेदन पेश गरेको छ ।

कम्पनीकाे असार २७ गते, बसेकाे सञ्चालक समितिको बैठकले कम्पनीको २७ औं वार्षिक साधारण सभामा सूचना प्रकाशित भई छलफल तथा निर्णय भए बमोजिम हकप्रद सेयर जारी गर्नको लागि नेपाल बीमा प्राधिकरणबाट पूर्व स्वीकृती लिने निर्णय भए बमोजिम नपुग रकम बराबरको हकप्रद सेयरको पूर्व स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन पेश गरेकाे हाे । 

नेपाल बीमा प्राधिकरणबाट पूर्व स्वीकृती प्राप्त भइ आएपश्चात मात्र हकप्रद सेयर निष्काशन सम्बन्धि अन्य निर्णय तथा प्रकृया अगाडि बढ्ने कम्पनीले जनाएकाे छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ (दोश्रो संशोधन मिति २०८० / ०१/ ०३) अनुसार यही असार मसान्त भित्रमा कम्पनीको न्यूनतम चुक्ता पूँजी रु दुई अर्व पचास करोड कायम गर्नुपर्नेमा याे कम्पनी अन्य निर्जीवन बीमा कम्पनीहरुसंग गाभ्न / गाभिन तथा प्राप्ती गर्ने सम्वन्धमा विशेष पहल भईरहेकोमा हालसम्म कुनै पनि कम्पनीसंग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्वन्धी प्रारम्भिक सम्झौता हुन नसकेको तथा कम्पनीले विदेशी कम्पनीहरुसंग समन्वय गरि वैदेशिक रणनितीक साझेदार ल्याउनको लागि आवश्यक प्रकृया अगाडि बढाइएकोमा सो सम्बन्धमा समेत अन्तिम निर्णय भईनसकेको हुँदा नियमनकारी निकायले निर्धारण गरेको चुक्ता पूँजी कायम गर्नको लागि अन्य विकल्पका सम्बन्धमा यस कम्पनीको मिति २०८० / ०३ / २७ गते बसेको सञ्चालक समितिको २२६ औं बैठकमा छलफल हुंदा कम्पनीको २७ औं वार्षिक साधारण सभामा सूचना प्रकाशित भई छलफल तथा निर्णय भए बमोजिम हकप्रद शेयर जारी गर्नको लागि श्री नेपाल बीमा प्राधिकरणबाट पूर्व स्वीकृती लिने निर्णय भए बमोजिम नपुग रकम बराबरको हकप्रद शेयरको पूर्व स्वीकृतीको लागि श्री नेपाल बीमा प्राधिकरण समक्ष निवेदन पेश गरिएको व्यहोरा अनुरोध गर्दछौं । साथै श्री नेपाल बीमा प्राधिकरणबाट पूर्व स्वीकृती प्राप्त भइ आएपश्चात मात्र हकप्रद शेयर निष्काशन सम्वन्धि अन्य निर्णय तथा प्रकृया अगाडि बढ्ने व्यहोरा समेत अनुरोध गर्दछौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको