साउन २ गते, शुक्रबार प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएको छ। कम्पनीले १८ प्रतिशत बोनस सेयर घोषणा गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले साउन १ गते बिहीबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरेको हो। सो दिन प्रभु इन्स्योरेन्सको अन्तिम सेयरमूल्य प्रतिकित्ता ९५३ रुपैयाँ २० पैसा थियो। बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ।
यस समायोजित मूल्यलाई आधार मानेर साउन ४ गते आइतबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ।
यसअघि कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि साउन २ गते बुकक्लोज गरेको थियो। कम्पनीले साउन २३ गते, शुक्रबार, बिहान ११ बजे काठमाडौँस्थित तिनकुनेमा रहेको प्रभु कम्प्लेक्समा २९औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभामा १८ प्रतिशत बोनस सेयर र सो बोनसको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव गरिएको छ। साथै, बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस