Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक ७ लाख कित्ता किनबेच, बेच्ने प्रभु इन्स्योरेन्स किन्ने हो ?

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १४ : १३ मा प्रकाशित

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक ७ लाख कित्ता किनबेच, बेच्ने प्रभु इन्स्योरेन्स किन्ने हो ?

प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर नेप्सेमा कारोबार भएको छ। 

प्रभु इन्स्योरेन्सको नेपाल पुनर्बीमाको संस्थापक सेयरलाई एशियन लाईफ इन्स्योरेन्सले बोलक बोल प्रकृयाबाट खरिद गरेपछि नेपाल बिमा प्राधिकरणले स्वीकृति दिएपछि नेप्सेमा किनबेच भएको हो। 

प्रभु इन्स्योरेन्ससँग रहेको पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर एशियन लाईफले खरिद गरेको हो। जस मध्य ७ लाख कित्ता आज किन बेच भएको हो। 
  
प्रभू इन्स्योरेन्सले प्रति कित्ता २८० रुपैयाँ न्यूनत्तम बिक्री मूल्य तोकेको थियो । एशियन लाईफले २८० रूपैयाँ कै दरले सबै सेयरमा बोलकबोल मार्फत आवेदन दिएपछि बिक्रीमा राखिएका सबै सेयर एशियन लाइफले पाएको हो। 

659fa78e6bb42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको