Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले दियो प्रभु इन्स्योरेन्सलाई नेपाल पुनर्बीमाको १९.७९ लाख कित्ता सेयर नामसारी गर्ने स्वीकृति, कति मुल्यमा हुदैंछ किनबेच ?

अर्थ संसार

विहीबार, १९ पुस २०८०, ०७ : ०० मा प्रकाशित

प्राधिकरणले दियो प्रभु इन्स्योरेन्सलाई नेपाल पुनर्बीमाको १९.७९ लाख कित्ता सेयर नामसारी गर्ने स्वीकृति, कति मुल्यमा हुदैंछ किनबेच ?

प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर नामसारी गर्नको लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ। 

प्रभु इन्स्योरेन्सको नेपाल पुनर्बीमाको संस्थापक सेयरलाई एशियन लाईफ इन्स्योरेन्सले बोलक बोल प्रकृयाबाट खरिद गर्न लागेको हो। 

प्रभु इन्स्योरेन्ससँग रहेको पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर एशियन लाईफले खरिद गर्न लागेकोमा उक्त सेयरलाई नेपाल बिमा प्राधिकरणले स्वीकृत दिएको हो। 

प्रभू इन्स्योरेन्सले प्रति कित्ता २८० रुपैयाँ न्यूनत्तम बिक्री मूल्य तोकेको थियो । एशियन लाईफले २८० रूपैयाँ कै दरले सबै सेयरमा बोलकबोल मार्फत आवेदन दिएपछि बिक्रीमा राखिएका सबै सेयर एशियन लाइफले पाएको हो। 

प्राधिकरणले स्वीकृति दिएपछि नेपाल पुनर्बीमाको संस्थापक सेयरको किनबेच बोलकबोल मुल्यमा नेप्सेमा कारोबार हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको