Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति समग्र देशलाई हो, सेयर लगानीकर्तालाई मात्रै होइन : पूर्व कार्यकारी निर्देशक, राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १३ : ३० मा प्रकाशित

पछिल्लो समय सेयर लगानीकर्ता र राष्ट्र बैंकले एक अर्कालाई र्हेने प्रवृत्ति नै गलत रहेको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा.गोपाल प्रसाद भट्ट बताउँछन् । अर्थ संसारको कार्यक्रम अर्थ संसार बहसमा बोल्दै राष्ट्र बैंक मात्रै लगानीकर्ताहरूका लागि चासोको विषय हुनु र राष्ट्र बैंकले लगानीकर्तालाई मात्रै चासोमा राखेर हेर्ने प्रवृत्ति जुन पछिल्लो समयमा छ यो नै गलत रहेको उनले बताए ।

उनले भने, "यस्तो बुझाई गलत हो । मौद्रिक नीतिको उद्देश्य लगानीकर्ता हैन के, मौद्रिक नीतिको उद्देश्य भनेको प्राइस स्ट्याबिलिटी प्राइम हो, मूल्य स्थिरता । मौद्रिक नीतिका उद्देश्यमध्ये यो प्राइम उद्देश्य हो ।" नेपालमा मूल्य स्थिरता कायम होस् भन्ने उद्देश्यले मौद्रिक नीति ल्याइने उनले स्पष्ट पारे । अर्को उद्देश्य भनेको वेरोजगारी दर कसरी घटाउने भन्ने रहेको उनले बताए । मौद्रिक नीतिले यी दुई वटा कुरामा जोड दिएको हुन्छ । नेपालमा भने खाली मौद्रिक नीतिलाई लगानीकर्तासँग मात्रै जोडेर हेरिने गरेको उनको दुखेसो छ । 

नेपालको पूँजी बजार सानो भएका कारण उनीहरूको एकलौटी ध्यान राष्ट्र बैंकतर्फ गएको उनले बताए । लगानीकर्ताहरूले राष्ट्र बैंकको मौद्रिक नीतिलाई नै पूँजी बजारको विकासलाई बाधकको रुपमा देख्नुको कारण पनि यही रहेको उनले बताए ।

राष्ट्र बैंकले यसपालीको मौद्रिक नीतिमा सेयर धितो कर्जाको विषयलाई के गर्ला भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, "यो १२ करोड, ४ करोड, १० करोड, तपाईँले मनीटरी पोलिसीको डकुमेन्टमा हेर्नुभयो भने ती एक दुई वटा बुँदा मात्रै हुन् त्यहाँ १२० २५ २५० वटा बुँदाहरू पनि हुन्छन् । मान्छेले आफूलाई चाहिएको बुँदा हेर्छन् । राष्ट्र बैंकले पूँजी बजारका लागी यस्ता बुँदा नहालेको भए हुन्थ्यो, हाल्यो । ती बुँदाहरू हाल्नु आवश्यक थिएन हाल्यो यस्ता कुराहरूलाई समग्र रूपमा राज्यले बुझ्नुपर्छ ।"

उनले थपे, "त्यो के को लागि हो भने, तपाईँ यसरी बुझ्नुस् इन्भेष्टरलाई पैसा चाहिएर इन्भेष्ट गर्न खोज्या त होनी सेयर बजारमा । मुख्य कुरा त्यसैको लफडा हो यो । इन्भेष्टरको परिभाषा के हो भने तपाईँ इन्भेष्टर त्यतिबेला बन्नुहुन्छ जब तपाईँसँग इनकम छ, इनकममध्ये केही रकम कन्जम्प्सन (Consumption) गर्नुहुन्छ, केही रकम बचाउनु भएको छ, सेभिङ गर्नुभएको छ । द सेभर बीकम्स द इन्भेष्टर (The Savers Becomes The Investor) । सेभिङपछि हो इन्भेष्टमेन्ट आउने । अब तपाईँ के गर्दै हुनुहुन्छ यहाँ बिग्रीराख्या कहाँ छ भने, तपाईँ के भन्नुहुन्छ भने म सेभर हैन म अरूको सेभिङ युज गर्छु भन्नुभयो प्रश्न त्यो हो । अहिलेको यो १२ करोडको लफडा पनि यही हो । १२ करोड मेरो सेभिङ हैन, मैले युज गर्दिँन अथवा ४ करोड मेरो सेभिङ हैन, मैले युज गर्दिँन । म के गर्छु बैंकबाट लोन लिन्छु । बैंकको लोन बैंकको पनि सेभिङ होइन त्यो पब्लिकको सेभिङ हो । उनीहरूको पनि त इन्ट्रेस्ट (ब्याज) होला । त्यसको पैसा म इन्भेष्ट गर्छु कहाँ सेयर बजारमा । ती वचराहरूले आफूले सेयर बजारमा इन्भेष्ट गर्न रिस्क फिल गरे । जसले त्यो पैसा डिपोजिट गर्याछ उनीहरूको लागि पनि सेयर बजारमा त्यो अवसर थियो नी त । उनीहरूले रिस्क फिल गरे, त्यहाँ जानेनन् एकदम सेफ इन्भेष्टमेन्ट गर्छु बैंकमा डिपोजिट गर्छु भने । अनि तपाईँ अर्को रिस्की इन्भेष्टरले के गर्दैछ मेरो पैसा होइन म तिमीहरूको पैसा इनडाइरेक्ट वेबाट लैजान्छु भन्या त होनी त्यो पब्लिकको पैसा । यसरी बैंक तथा वित्तीय संस्थाको पैसा त्यो सेयर मार्केटमा लैजान्छु भनेको त हो ।"

अहिलेको मौद्रिक नीति यो १० करोड १२ करोडमा अल्झन नहुने उनको तर्क छ । यो इस्युलाई लगेर धितोपत्र बोर्ड मार्फत् रेगुलेट हुने हिसावले दिनुपर्ने उनले बताए । 'सेन्टर बैंकले जहिले पनि यी इन्भेष्टरहरू आएर यहाँ तपाईँका पोलिसीमा हल्लाखल्ला मच्चाउन लागे, तपाईँको क्षेत्राधिकार यो हो त्यहाँतिर हेर्नुस् भन्नु पर्यो । इन्भेष्टरहरू हेर्ने ड्युटी धितोपत्र बोर्डको हो ।', उनले भने । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको