नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राज्यको ढुकुटीमा ८ सय अर्ब पैसा हुँदा हुँदै पनि राज्यसँग पैसा नै छैन भन्ने प्रवृत्ति बढेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले राज्यको ढुकुटीमा भएको रकमको सदुपयोग नभएको बताए । उनले भने, ‘आर्थिक क्षेत्रमा ठोस दृष्टिकोण पुर्याएर छलफल गर्न आवश्यक छ । बजेटमा विकासका पूर्वाधारहरू अगाडि बढ्न नसकेको विकासको काम हुन नसकेको स्थिति छ । बजेटमा राज्यसँग पैसा छैन भन्ने छ तर ८०० अर्ब बैंकमा जम्मा भएको अवस्था छ । ८०० अर्ब बैंकमा त्यतिकै बसिरहेको छ अनि हामी भन्छौँ राज्यसँग पैसा छैन्, त्यसको उपयोग कसरी गर्छौ?। ’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस