Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिः मूल्य वृद्धिदर ६.५ प्रतिशतमा कायम राख्ने

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १४ : २६ मा प्रकाशित

मौद्रिक नीतिः मूल्य वृद्धिदर ६.५ प्रतिशतमा कायम राख्ने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (आइतबार) बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरे लगत्तै मौद्रिक नीतिको पूर्णपाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । 

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको छ ।

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ, ‘६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ। उपयुक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरू प्रस्ताव गरिएका छन्।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको