आज (आइतबार) नेप्से परिसूचक ह्वात्तै बढेको छ । नेप्से ६३.२४ अंकले बढ्दा नेप्से इन्डेक्स २२२७.१६ विन्दुमा कायम हुन पुगेको हो ।
नेप्से बढेसँगै आज कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । आज ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार माथिको कारोबार भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजारमा उछाल आएको हो ।
आज १९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस