लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)ले साधारणसभा प्रयोजनार्थ भोलि (मंगलबार) साउन ९ गते बुक क्लोज गर्ने भएको छ। यसको अर्थ आज (सोमबार) साउन ८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले साउन १७ गतेका लागि साधारण सभा डाकेको छ । साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ।
कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । कम्पनीले गत वर्ष भने २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस