Like us!
Follow us!
Connect us!
Watch us!

विशेष कारण देखाइ एलआईसी नेपालले गर्यो साधारण सभाको समय परिवर्तन

अर्थ संसार

बुधबार, १० साउन २०८०, १७ : ३६ मा प्रकाशित

विशेष कारण देखाइ एलआईसी नेपालले गर्यो साधारण सभाको समय परिवर्तन

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी)ले आफ्नो २० औँ वार्षिक साधारण सभाको समय परिवर्तन गरेको छ। कम्पनीले आज (बुधबार) एक सूचना जारी गर्दै समय परिवर्तन गर्दै वार्षिक साधारण सभा साउन १७ गते मध्याह्न १२ः१५ बजे सुरु हुने जानकारी गराएको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले साउन १७ गते वार्षिक साधारण सभा अपराह्न ४ बजे बस्ने गरी डोकेको थियो। कम्पनीले विशेष कारण देखाई सोहि दिन अर्थात् साउन १७ गते मध्याह्न १२ः१५ बस्ने गरी निर्णय गरेको छ । 

सभाले कम्पनीको हालय कायम पुँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई साधारण सभा सेयरमा परिणत गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  

सभाले आर्थिक वर्ष २०७७/७८को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको