आइतबार ६३.२४ अंकले बढेको नेप्सेमा आज (सोमबार) २६.६६ अंकको गिरावट आएको छ । आज (सोमबार) २६.६६ अंकले नेप्से घट्दा इन्डेक्स भने २२००.५० विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से घटेपनि आज कारोबार रकममा केहि सुधार देखिएको छ । आज ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार माथिको कारोबार भएको हो ।
आज ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस