Like us!
Follow us!
Connect us!
Watch us!

कसरी चलायामान छ उत्तर काेरियाकाे अर्थतन्त्र ?

धिरज पौड्याल

आइतबार, ०८ माघ २०७९, १७ : १७ मा प्रकाशित

कसरी चलायामान छ उत्तर काेरियाकाे अर्थतन्त्र ?

उत्तर कोरिया जसलाई निरंकुश शासन पद्धतिको राष्ट्रको रूपमा चिन्ने गरिन्छ । विश्वका अन्य राष्ट्रहरू बाट सामाजिक, राजनैतिक, कुटनीतिक, आर्थिक सम्बन्ध बाट टाढा रहेकाे उत्तर कोरियाको अर्थतन्त्र कसरी चलिरहेको रहेको छ भन्ने बारे यस लेखमा उल्लेख गर्नेछौँ । 

विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन २०१९ मा १८ विलियन अमेरिकी डलर जीडीपी रहेको उत्तर कोरिया अन्तराष्ट्रिय रुपमा लागेका कडा प्रतिबन्ध नै प्रतिबन्धको कारण अन्तराष्ट्रिय व्यापारबाट पनि वञ्चित रहेको छ।

अहिलेको समयमा पूर्वी एशियाली राष्ट्रहरूको आर्थिक विकासलाई हेर्दा अन्तराष्ट्रिय अर्थतन्त्रसँग जोडिँदा सहज कारोबारको कारण निकै ठूलो आर्थिक फाइदा लिएको देख्न सकिन्छ तर उत्तर कोरियामथी लागेका विभिन्न प्रतिबन्धको कारण असमर्थ छ । उत्तर कोरियाको आर्थिक नीति अलगाववाढी मार्ग र अन्तर्मुखी रहेको छ जसका कारण ऊ अन्तराष्ट्रिय अर्थ व्यवस्थासँग जोडिएको छैन ।

सन २०१४ मा बिजनेस इन्साइडरले सार्वजनिक गरेको व्यापार मार्ग नक्सा

सन् १९४८ मा किम इल- सुङले उत्तर कोरियामा शासन सुरु गरे। उनका नाती किम जोङ उनले सन २०१२ देखि उत्तर कोरियामा शासन सुरु गरे। पुस्तौ देखि शासन गर्दै आएको किम वंशको नीतिको कारण यस्तो हुन पुगेको हो। 

नर्थ अर्थात उत्तर कोरियाको अर्थव्यवस्था नेपाल वा अन्य राष्ट्रहरूको जस्तो खुल्ला अर्थव्यवस्था हैन, उत्तर कोरियाको अर्थव्यवस्था आइसोलेटेड र पूर्ण रूपमा अधीनमा लिएको निर्देशन अर्थव्यवस्था(Command Economy) रहेको छ। 

कमाण्ड इकोनोमीलाई कम्युनिस्ट राज्यको प्रमुख आधारशिला रूपमा लिने गरिन्छ। निर्देशन अर्थव्यवस्था केन्द्रियरूपमा योजनाबद्ध बनाउने र सरकारद्वारा सम्बन्यन गरिने गरिन्छ। उत्तर कोरियाली सरकार आफै कुन वस्तु उत्पादन गर्ने, कति मात्रामा उत्पादन गर्ने र कुन मूल्यमा विक्री गर्न अवाहन गर्ने गर्छ।

विश्वका अधिकांश राष्ट्रहरू खुल्ला अर्थतन्त्रमा कार्य गर्ने गर्दछन। आयत र निर्यातको माध्यमबाट अर्थतन्त्रलाई सन्तुलित गर्ने गर्छन, आन्तरिक उत्पादन कर र वैदेशिक लोन तथा तथा अनुदानले अर्थतन्त्रलाई चलायमान बनाउने गर्छन तर कोरिया भने यसबाट वञ्चित छ। उत्तर कोरियाको अन्तराष्ट्रिय समुदाय प्रतिको सत्रुभाबको कारण अन्तराष्ट्रिय ब्यापार असम्भबको अवस्थामा रहेको छ। उत्तर कोरिया आफ्नो अर्थतन्त्र चलायमान बनाउन विविध उपाय भने लगाउँछ। उत्तर कोरियाको मुख्य शक्ति आणविक शक्तिलाई लिने गरिन्छ। उत्तर कोरियाले आफ्नो आणविक अस्त्रहरु नष्ट गरेमा यसले अन्तराष्ट्रिय समुदाय सँग सबै सान्दर्भिकता गुमाउने विज्ञहरुको भनाई छ। 

सन २०१७ को Statista को रिपोर्टका अनुसार सबैभन्दा बढी आयात र निर्यात गर्ने राष्ट्र चीन हो। नर्थ कोरिया कुल आयातको ९४% र कुल निर्यात ९१% चीन सँग गर्ने गर्दछ। आयातमा भारत र रसिया पनि पर्ने गर्छन। उत्तर कोरियाले गर्ने मुख्य निर्यात कोइला हो। कोइलाको निर्यातमै उत्तर कोरियाको अर्थतन्त्र आधारित छ। उत्तर कोरियासँग करिब ६६१ मिलियन टन कोइलाको रिजर्भ रहेको प्रमाणित छ जस अनुसार उत्तर कोरिया विश्वको ३५ बढी कोइला भएको राष्ट्रमा पर्दछ। 

Observatory of Economic Complexity का अनुसार नर्थ कोरियाले ३७८ मिलियन डलर वर्थको कोइला निर्यात गर्ने गर्दछ। सन २०१७ मा चीनले उत्तर कोरियाबाट गरिने आयात रोक्ने घोषणा गरेको थियो तर रिपोर्टका अनुसार हालसम्म पनि चीनले अवैध ढुवानीबाट आयात गरिरहेको उल्लेख गरिएको छ। २०२१ मा आर्थिक सञ्चारमाध्यम फाइनान्सियल टाइम्स्को रिपोर्टका अनुसार चीन उर्जा संकटको सामना गरिरहेको कारण आयत थप बढेको उल्लेख छ। 

Observatory of Economic Complexity को सन २०१७ को सोही रिपोर्टका अनुशार उत्तर कोरियाको अर्को प्रमुख निर्यात टेक्सटाइल्स हो। रिपोर्टका अनुशार उत्तर कोरियाले ५८४ मिलियन अमेरिकी डलरको निर्यात गर्ने गरेको उल्लेखित छ। त्यसरी निर्यात गरिएका कपडामा मेड इन चाइना ट्याग लगाएर विश्वब्यापी निर्यात हुने गरेकाे विवाद उत्तर कोरियामा चर्किएको थियो। उत्तर कोरियाको निर्यातमा फरोसिलिकन , समुन्द्री खाना रहेका छन्। 

विश्लेषक अनिता बसुका अनुसार उत्तर कोरियाको अर्थतन्त्र हात हतियार कारोबार बाट चल्ने The Economic Intelligence Unit को रिपोर्टमा उल्लेख गरिएको छ। उत्तर कोरियाले समाजवादको आधार अन्य विभिन्न राष्ट्र सँग दैत्य सम्बन्ध कायम भने गरेको छ। दक्षिण कोरियाली अनुसन्धान संस्था इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजका अनुशार अफ्रिकन प्रान्त र दक्षिण कोरियाबीच वार्षिक २१६ मिलियन डलरको कारोबार भएको उल्लेख गरेको थियो। अफ्रिकन राष्ट्रको सैन्य विस्तारमा खर्च भएको उल्लेख छ। 

उत्तर कोरियासँग भएको एक मात्र शक्ति हो आणविक हतियार। उत्तर कोरियाले आणविक हात हतियारको शक्तिको बलमा पैसा भित्र्याउने गर्दछ। बाहिर चर्चा भइरहेको नर्थ कोरिया र विभिन्न रिपोर्टमा प्रकाशित उत्तर कोरियाली व्यक्तिको जीवन शैली फरक देखिएको थियो। संकट भनिएको राष्ट्र उत्तर कोरियाको सहरमा देखिएको महंगा महंगा सपोर्ट कर, पश्चिमी शैलीमा बनेका होटल, सहर जस्ता दृश्यले पैसा कता बाट आइरहेको छ भन्ने प्रश्न उभ्याएको थियो। 

रिपोर्टका अनुसार उत्तर कोरियाले जब जब आर्थिक संकट सामान गर्न सुरु गर्छ तब तब आणविक शक्तीको प्रयोग गर्ने धम्की दिन थाल्छ। उत्तर कोरियाले अमेरिकाका विभिन्न सहरमा क्षेप्यास्त्र प्रहार गर्न धम्की दिन सुरु गर्छ र आफ्नो कुरामा अढीक रहन प्रहार गर्ने गर्दछ। उत्तर कोरियालाई प्रतिबन्ध खुकुलो गर्न आर्थिक सहायताको सम्झौता नभए सम्म यो जारी रहन्छ। सहायता प्राप्त भएपछि यो कुरा विस्तारै समाधान हुन्छ र अर्को पटक पैसाको आवश्यकता नरहने सम्म यो कुरा सान्त रहन्छ पुन: यो चक्रको रूपमा चल्छ। 

नर्थ कोरियाबाट विश्वब्यापी रूपमा आर्थिक जालसाजी पनि परिचालित रहेको पाइन्छ साथै अन्तराष्ट्रिय नक्कली मुद्राको कारोबार पनि गर्ने गरको छ। नर्थ कोरिया बाट विश्वब्यापी रूपमा विभिन्न साइबर अपराध पनि परिचालित हुने गरेको पाइन्छ। अन्तरास्ट्रिय अनुसन्धान संस्थाका अनुशार विभिन्न साइबर क्राइम र आपराधिक भइरस सृजन गर्ने गरेको उल्लख गरिएको छ। CNBC को रिपोर्टमा ८१ मिलियन अमेरिकी डलर बंगलादेशको केन्द्रीय बैंकको खाता बाट गायब भएको अपराध उत्तर कोरियाबाट परिचालित भएको उल्लेख छ। यति मात्र नभई उत्तर कोरियले लागूपदार्थ हेरोइन लाई विश्वब्यापी रूपमा परिष्कृत र विस्तार गर्ने, मेथम्फेटामाइन् लाई निर्यात गर्ने, दास श्रमको कारोबार गर्ने लगायतका अन्य अवैधानिक क्रियाकलाप बाट अर्थतन्त्र चलायमान गर्दै आएको छ। 

SOURCE

https://www.youtube.com/watch?v=YDvXOHjV4UM

https://edition.cnn.com/2013/04/09/business/north-korea-economy-explainer/index.html 

https://www.investopedia.com/articles/investing/013015/how-north-korea-economy-works.asp       

How North Korea Makes Money to Run Its Economy? (startuptalky.com)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको