Like us!
Follow us!
Connect us!
Watch us!

‘कारगिल युद्धको नाममा पाकिस्तानले हाम्रो पीठ्यूँमा छुरा हानेको थियो’

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १२ : २७ मा प्रकाशित

‘कारगिल युद्धको नाममा पाकिस्तानले हाम्रो पीठ्यूँमा छुरा हानेको थियो’

भारतले पाकिस्तानसितको कारगिल युद्धमा जित हासिल गरेको २४ वर्ष पूरा भएको छ । सो अवसरमा भारतका तीनवटै निकायका सेनाहरूले उत्साह मनाए। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशको निम्ति ज्यान गुमाउने बहादुरहरूलाई श्रद्धाञ्जलि दिए।

रक्षामन्त्री राजनाथ सिंह, सैन्य बलहरूका प्रमुख (सीडीएस) जनरल अनिल चौहान एवं तीनैवटा सेनाका अध्यक्षहरूले कारगिल युद्ध स्मारकमा पुष्पाञ्जलि अर्पण गरे । सन् १९९९ सालको कारगिल युद्धमा आफ्नो प्राणको आहुति दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जलि समेत उनले अर्पण गरे ।

लद्दाखस्थित द्रासमा स्थापित कारगिल युद्ध स्मारकमा सैन्य परम्परा अनुसार आयोजित श्रद्धाञ्जलि समारोहमा तीनवटा चीतल हेलिकप्टरबाट फूलहरूको वर्षा गराइयो । कारगिल विजय दिवसमा चारवटा मिग २९ विमानहरूले द्रासको कारगिल युद्ध स्मारकबाट उड़ान भरे। 

त्यसपछि चीफ अफ् डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले द्रासको कारगिल युद्ध स्मारकमा पुष्पाञ्जलि अर्पण गरी सन् १९९९ सालको कारगिल युद्धका शहीद जवानहरूलाई श्रद्धाञ्जलि दिए ।

रक्षामन्त्री राजनाथ सिंहले पनि कारगिल युद्ध स्मारकमा वीर जवानहरूलाई श्रद्धाञ्जलि दिए । उनले समारोहलाई सम्बोधन गर्दै भने, ‘कारगिल विजय दिवसको उपलक्ष्यमा भारत माताका ती वीर सपूतहरूलाई नमन गर्दछु जसले राष्ट्रलाई प्रथम दर्जामा राख्दै राष्ट्रको लागि आफ्नो प्राणको आहुति दिन समेत पछि परेनन्।’

उनले भने, ‘कारगिल युद्ध भारतमाथि थोपिएको एउटा युद्ध थियो । त्यैपति देशले पाकिस्तानसित वार्तामार्फत मुद्दाहरूलाई सुल्झाउने प्रयास गर्यो। स्वयं अटल जीले पाकिस्तानको यात्रा गरेर कश्मीर सहित अन्य मुद्दाहरूलाई सुल्झाउने प्रयास गरेका थिए, तर पाकिस्तानले हाम्रो पीठ्यूँमा छुरा हानेको थियो ।’

यस अवसरमा रक्षामन्त्री राजनाथ सिंहले सन् १९९९ सालको कारगिल युद्धमा शहीद भएका सैनिकहरूका परिवारसित भेट गरी उनीहरूलाई सम्मानस्वरूप स्मृति चिन्ह र शल प्रदान गरे । उनले कारगिल युद्धका बहादुरहरूको स्मरणमा द्रासमा स्थापित ‘हट अफ् रिमेम्बरेन्स’ सङ्ग्रहालयको भ्रमण पनि गरे।

भारतीय नौसेना प्रमुख एडमिरल आर हरि कुमार, वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरी एवं सेना प्रमुख जनरल मनोज पाण्डेले पनि कारगिल विजय दिवसमा द्रासको कारगिल युद्ध स्मारकमा पुष्पाञ्जलि अर्पण गरे । 

सीओएएस जनरल मनोज पाण्डेले कारगिल युद्ध स्मारक, द्रासमा एक भव्य समारोहबीच ‘शौर्य सन्ध्या’मा कारगिल युद्धका वीर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको