Like us!
Follow us!
Connect us!
Watch us!

जेठ १६ गते बैंकमा लुटपाट गर्ने भारतीय युवक सीमाबाट पक्राउ

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १६ : ५४ मा प्रकाशित

जेठ १६ गते बैंकमा लुटपाट गर्ने भारतीय युवक सीमाबाट पक्राउ

गत जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो ।

गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न रहेको स्थानिय प्रहरीले जनाएका छन् । चार–पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको