Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबारका टप ब्रोकर : कुन-कुन कम्पनीका सेयर किनबेच गरियो ?

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १८ : ०० मा प्रकाशित

बिहीबारका टप ब्रोकर : कुन-कुन कम्पनीका सेयर किनबेच गरियो ?

साताको अन्तिम कारोबार दिन  बिहीबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दियो ।

आज नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा झरेकाे छ । कुल २७१ वटा कम्पनीकाे ६२ लाख ७१ हजार ७ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४२ कराेड ५७ लाख ८० हजार ५ सय ६४ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज १३ वटै उपसमूह  ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार समूह घटेकाे छ ।

बिहीबार टप ब्राेकरहरू हेर्दा आज ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । याे ब्राेकरबाट आज १४ कराेड ७५ लाख ३९ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा १४ कराेड ६ लाख ४ सय २४ रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ४२ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

सिटिजन्स बैंक डिबेञ्चर २०८६ - २५ हजार २५ कित्ता

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक - २५ हजार ७ सय ९० कित्ता

सिटी हाेटल - ११ हजार २ सय ३ कित्ता

Top Sell

सिटिजन्स बैंक डिबेञ्चर २०८६  - २४ हजार ९ सय ७५

हिमालयन लाइफ इन्स्याेरेन्स - १४ हजार ८ सय ६७ कित्ता

हिमालयन पावर पार्टनर - २४ हजार २ सय ६० कित्ता

त्यसैगरी, दाेश्राेमा आज ब्राेकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । याे ब्राेकरबाट १२ कराेड ४९ लाख ७१ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा १३ कराेड २४ लाख ३० हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

Top Buy

हिमालयन लाइफ इन्स्याेरेन्स - २० हजार ४ सय ५७ कित्ता

शिवम् सिमेन्ट - १० हजार ६ सय ६१ कित्ता

कुमारी बैंक लिमिटेड - ३२ हजार एक सय ४१ कित्ता

Top Sell

एभरेष्ट इन्स्याेरेन्स - २१ हजार ३ सय ५३ कित्ता

हिमालयन डिष्टीलरी - ३ हजार ३ सय ६६ कित्ता

एनएलजी इन्स्याेरेन्स - ७ हजार ९ सय ८८ कित्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको