Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको प्रदर्शनमा सुधार: नाफा बढे सँगै ईपीएस पनि बढ्यो

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, ०८ : ४३ मा प्रकाशित

सिटिजन्स बैंकको प्रदर्शनमा सुधार: नाफा बढे सँगै ईपीएस पनि बढ्यो

सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंक प्रदर्शनमा सामान्य प्रगति नै देख्न सकिन्छ। 

कस्तो छ  वित्तीय प्रदर्शन ?

खुद नाफा 

चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमायो।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा कमाएकोे देखिन्छ। यो वर्ष झन्डै २१ करोड नाफा बढेको छ। 

कसरी बढ्यो नाफा ?

बैंकको नाफा घट्नुको मुख्य कारण भनेको बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नु नै देखिन्छ।

खुद ब्याज आम्दानी 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेको देखिन्छ। यस वर्ष मात्रै कम्पनीले ५ अर्ब ८५ करोड रुपैयाँ  कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

फि तथा कमिसन 

फि तथा कमिसन आम्दानी बढेर ८७ करोड ६७ लाख नाघेको छ । 

सञ्चालन मुनाफा

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा बढेको छ। अघिल्लो वर्ष २अर्ब ७० करोड रुपैयाँ रहेको मुनाफा अहिलेको समीक्षा अवधिमा बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। 

वितरण योग्य मुनाफा
असार मसान्तसम्ममा वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ।

रिजर्भ 
७ अर्ब ११ करोड २० लाख  रुपैयाँ

प्रतिसेयर आम्दानी (ईपीएस)
१४ रुपैयाँ १२ पैसाबाट बढेर १५ रुपैयाँ ५९ पैसा

पीई रेसियो 
११.१  गुणा 
 
प्रतिसेयर नेटवर्थ
 
१५० रुपैयाँ ८ पैसा

चुक्ता पूँजी
 १४ अर्ब २० करोड  रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको