नेपाल राष्ट्र बैंकले आज सर्कुलर जारी गरेको छ । आज जारी गरिएको सर्कुलरमा रु ५० लाख सम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ।
केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ। यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भारको व्यवस्था गरेको थियो।
नयाँ निर्देशनमार्फत राष्ट्र बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको छ। यसैगरी २५ लाखभन्दा माथिको हायरपर्चेज तथा अटो लोनमा पनि १५० प्रतिशतको जोखिम भारको व्यवस्था राष्ट्र बैंकले गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस