Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैंकले लचकता देखाएको छः गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १२ : ४६ मा प्रकाशित

अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैंकले लचकता देखाएको छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैंकले लचकता देखाएको बताएका छन् । आज (आइतबार) काठमाडौँमा आयोजित छलफल कार्यक्रममा गभर्नर अधिकारी यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको बताए। उनले भने,‘अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौँ। गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ। हाम्रो अर्थतन्त्रमा परेको असर र मनोवल गिरेको अवस्था छ। त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ की भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसावले हामीले यो दरलाई अति तल झारेका छौँ। समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौँ।’ 

राष्ट्र बैंकले ल्याएको नीतिमा निजी क्षेत्रको कर्जालाई कार्यविधि बनाएर ल्याएको पनि उनले स्पष्ट पारे।-File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको