Like us!
Follow us!
Connect us!
Watch us!

टेलर स्वीफ्टको कन्सर्टले निम्त्यायो २.३ म्याग्निच्यूडको भूकम्प

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १४ : ०६ मा प्रकाशित

टेलर स्वीफ्टको कन्सर्टले निम्त्यायो २.३ म्याग्निच्यूडको भूकम्प

अमेरिकास्थित् सिएटलमा आयोजित टेलर स्वीफ्टको कन्सर्टका कारण भूकम्पको धक्का महसुस गरिएको भूकम्पविद्हरुले बताएका छन् । उक्त कन्सर्टका बेला करिब अमेरिकाको सिएटलमा २.३ म्यागनिच्यूटको भूकम्प महसुस गरिएको भूकम्पविद्हरुले बताएको बीबीसीमा उल्लेख छ । उक्त भूकम्प गायिका स्वीफ्टको फ्यान वा साउण्ड सिस्टमका कारण हुन सक्ने भूकम्पविद् ज्याकी क्याप्लान–अउरबाचले बताएका हुन् । 

बहुचर्चित ‘इरास टुर’अन्तर्गत २२ र २३ जुलाईमा लुमेन फिल्डमा आयोजना गरिएको कन्सर्टमा २.३ म्यानिच्यूटको भूकम्प मापन गरिएको थियो । ‘बिस्ट क्वेक’ भनिने चिनिने सिएटलमा यो शोले सन् २०११ को रेकर्ड तोडेको बीबीसीमा उल्लेख छ ।

सन् २०११ मा न्यु अर्लिन्स सेन्ट्सविरुद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए । पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक डाक्टर क्याप्लान–अउरबाचले सीएनएनलाई बताएअनुसार एनएफएल खेल र स्वीफ्टको भर्खरका कन्सर्टहरूबीचको कम्पनको भिन्नता ०.३ मात्रै रहेको बताइन् । तर, स्वीफ्टको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको छ ।

‘मैले कन्सर्टको दुवै रातको डेटा कलेक्सन गरें र याद गरें कि तिनीहरू स्पष्ट रूपमा संकेतको एउटै ढाँचाका थिए,’ उनले भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ , ‘यदि मैले तिनीहरूलाई एकअर्काभन्दा भिन्न छन् कि भनेर जाँच्दा ती कम्पन लगभग समान देखिए ।’ १ लाख ४४ हजार प्रशंसक सिएटल कन्सर्ट उपस्थित रहेको बीबीसीमा उल्लेख छ ।

इन्स्टाग्राममा पोस्ट गर्दै स्वीफ्टले भनिन्, ‘सिएटल जुन साँच्चै मेरो मनपर्ने सप्ताहन्तहरूमध्ये एक थियो । सबै कुराको लागि धन्यवाद । तपाईंको फोक्सोमा सबै खुसी, चिच्याउने, उफ्रिने, नाच्ने, गाउने मात्र होस् ।’ स्वीफ्टको सिएटल कन्सर्ट पाँच वर्षको पहिलो सांगीतिक टुर हो । यसअघि सन् २०११ न्यूजील्याण्डमा भएको फू फाइटर कन्सर्टमा पनि सोहि प्रकारको भूकम्पको धक्का महसुस गरिएको थियो ।-Photo Source: Agency 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको