Like us!
Follow us!
Connect us!
Watch us!

कलाकार सारुक ताम्राकारले लेखेको ‘सुसाइड नोट’ फेला

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १४ : ५८ मा प्रकाशित

कलाकार सारुक ताम्राकारले लेखेको ‘सुसाइड नोट’ फेला

गत असार २१ गते काठमाडौंको रातोपुलस्थित् आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका चर्चित कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला परेको छ ।

सारुकको मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा सारुकले आत्महत्या गर्नुअघि मोबाइलको नोट प्याडमा कसैलाई पनि दुख नदिन र गाली नर्गन आग्रह गर्दै लेखेको छ ।

सारुकले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि तपाईँकै कोखबाट जन्म लिन पाउँ भन्दै लेखेका छन् ‘ पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद’ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको