Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी मनोनयन

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १७ : ०९ मा प्रकाशित

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी मनोनयन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ । 

संस्कृत, पयटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेश भएका कागजात लगायतको अध्ययनका तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो ।

सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्ट लगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेश गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा विज्ञ अधिकारीले सहजीकरण गर्नेछन् ।

सूचना प्रविधिसम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यससम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकारलाई कानूनी रूपमा सुरक्षित गर्न मद्दत गर्ने उनले बताए । 

साथै, आईटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताहरूको अधिकार संरक्षण तथा  उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उनले उल्लेख गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको