एभरेष्ट कलर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा ९० हजार ८५५ जनाको आवेदन परेकोमा ९० हजार ८२० जनाको मात्रै आवेदन स्वीकृत भएको छ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाविधिद्वारा आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा ७ हजार ९०० जना आवेदकले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस