Like us!
Follow us!
Connect us!
Watch us!

काउन्टर साइक्लिकल बफरले बैंकलाई झनै मजबुत बनाउँछ, हकप्रद निष्कासनकाे सम्भावना के छ ? (पूर्व गभर्नरसँग कुराकानी)

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, ०८ : ४५ मा प्रकाशित

काउन्टर साइक्लिकल बफरले बैंकलाई झनै मजबुत बनाउँछ, हकप्रद निष्कासनकाे सम्भावना के छ ? (पूर्व गभर्नरसँग कुराकानी)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा लैजाने निर्देशन दिएको छ । राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिएको छ । 

मौद्रिक नीतिमा आएको यो प्रावधानलाई गत शुक्रबार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले कार्यान्वयनमा लैजाने भएको थियो । जसअनुसार वाणिज्य बैंकहरुलेझैँ अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि १३.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने भएको छ । 

राष्ट्र बैंकले यो व्यवस्था गरेदेखि नै विभिन्न माध्यममार्फत् आम सर्वसाधारणको मिश्रित प्रतिक्रिया आईरहेको छ । खासमा यसको वास्तविकता के हो, यसको प्रभाव कस्तो हुन्छ भन्ने विषयमा केन्द्रित रही हामीले पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालसँग कुराकानी गरेका छौँ ।

अर्थ संसारका लागि अर्थ संसारकर्मी निशा हुमागाईँले पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालसँग गरिएकाे कुराकानीकाे संक्षिप्त अंश तल प्रस्तुत गरिएकाे छ :

१. धेरै जनालाई काउन्टर साइक्लिकल बफर भनेको के हो नै थाहा छैन, सुरूमा त काउन्टर साइक्लिकल बफरलाई सरल भाषामा बुझाइदिनुस् न ?

सरल भाषामा के हाे भन्दा जसरी केन्द्रिय बैंकले विभिन्न रिजर्भ रेसियाेहरू राखेकाे हुन्छ अफ्ठ्याराे परेकाे बेलामा त्यसैगरी काउन्टर साइक्लिकल बफर पनि त्यस्तै एउटा इन्स्ट्रुमेन्ट (Instrument) हाे । CRR, SLR जस्ताे काउन्टर साइक्लिकल बफर (CCB) पनि त्यस्तै  इन्स्ट्रुमेन्ट (Instrument) हाे । याे किन भन्दाखेरी बैंकलाई रिस्क कम गर्नकाे लागि याे बासल थ्रीबाट सुरू गरिएकाे हाे । स्वीजरल्यान्डमा भएकाे तेश्राे बासल अनुसार याे काउन्टर साइक्लिकल बफर सुरू गरियाे २००८ पछि जब ठूलाे रिसेसन आयाे अमेरिकामा त्यतिबेला क्रेडिट क्रन्च भयाे, क्रेडिट क्रन्च भएर बैंकहरू उ गर्न थाले त्यतिबेलादेखि  काउन्टर साइक्लिकल बफर ल्याइयाे । याे चाहीँ ० देखि २ प्रतिशतसम्म राख्ने चलन छ । याे एक किसिमले भाेलि अर्थतन्त्र एकदमै अफ्ठ्याराे परेकाे बेला त्याे पैसा रिलिज गरेर चलाउने अरू बेलामा चाहीँ रिजर्भकाे रूपमा राख्ने । जाेखिमकाे लागि रिस्क वेटेजकाे रूपमा चाहीँ त्यसलाई क्याल्कुलेट गरेर राखिन्छ । नेपालमा मेराे बेलामा मैले त्याे सुरू गर्न खाेज्दा पछि काेभिड भएकाे हुनाले सुरू गरेर त्यत्तिक्कै सस्पेन्सनमा थियाे । अहिले २०८० पछि अब चाहीँ काउन्टर साइक्लिकल बफर नेपालमा पनि बासल ३ अनुसार केन्द्रिय बैंकले सुरू गरेकाे छ । 

२. नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दियो, यसलाई यहाँले कसरी लिनु भएको छ ?

सबै बैंक वित्तीय संस्थालाई जाेखिम कम गराउनलाई याे राख्ने हाे । अत्याधिक धेरै कर्जा विस्तार हुँदा बैंकमा जाेखिम बढ्छ र लगानीयाेग्य रकम कम हुने बेलामा काउन्टर साइक्लिकल बफर मार्फत् लगानीयाेग्य रकम चाहीँ बजारमा जान दिने स्थिती बनाउने र बैंकलाई डुब्नबाट बचाउने हाे  । याे अहिले संसारभरी उपयाेग गरिएकाे एउटा Strong Instrument हाे । केन्द्रिय बैंकले बैंक वित्तीय संस्थालाई नडुब्न र बैंक रब नहुनका लागि याे इन्स्ट्रुमेन्ट (Instrument) उपयाेग गर्छ । यसले गर्दाखेरी नेपालमा भएका बैंक वित्तीय संस्थालाई हार्म (Harm) गर्दैन । त्यही हाेकी यसले गर्दाखेरी अब डिभिडेन्डदेखि (Dividend) लिएर त्यसमा जसले बैंक वित्तीय संस्थामा लगानी गरेका छन्, रिटर्न बढी खाेज्छन् उसलाई​ चाहीँ रिटर्न कम हुन्छ । त्यसले गर्दा नाफा कम पाउने स्थिती हुन्छ ।

३. काउन्टर साइक्लिकल बफरकाे Calculation Process चाहीँ के र कसरी हुन्छ ?

रिस्क वेटेज (Risk Weightage) हेरेर केन्द्रिय बैंकले चाहीँ गर्ने हाे याे । अब त्यसमा त रिस्कलाई कुन रूपबाट हेरेकाे हुन्छ, रिस्कलाई कुन-कुन उ राखेर रिस्क वेट निकालेकाे छ केन्द्रिय बैंकले त्यसकै आधारमा काउन्टर साइक्लिकल बफर अहिलेसम्म देखिएकाे ० देखि २ प्रतिशतसम्म राख्ने चलन छ । अहिले कति राख्छ त्याे थाहा छैन ।

४. राष्ट्रियस्तरका विकास बैंकहरूले कुल १३.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्थाले समग्र बजार र बैंकिङ्ग क्षेत्रमा कस्तो असर गर्ला ?

पूँजी बढी कायम गर्दाखेरी उनीहरूकाे लगानीयाेग्य रकम कम हुन जाने हुन्छ । त्यसले गर्दाखेरी याे बैंक र वित्तीय संस्थालाई मजबुत बनाउनलाई नै हाे । यसले गर्दा लगानीयाेग्य रकम सुरक्षित क्षेत्रमा र जहाँ उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गर्न पाउने भए त्यही हाे । 

५. अब यो व्यवस्थाले विकास बैंकहरूलाई मर्जर र हकप्रद सेयर निकाल्नलाई दवाव दिने खालकाे नीति आउन सक्ला ? विकास बैंकहरूले हकप्रद निष्कासन गर्ने सम्भावना छ ?

त्यस्ताे त गर्दैन हाेला तर त्याे राख्दाखेरी भाेलि मर्जलाई पनि त रोक्या छैन नी । मर्ज हुन चाहान्छन् भने ठीकै छ । तर रिस्कलाई वेटेज गरेर गर्ने हो त्यसले गर्दाखेरी यस अनुसार चाहीँ अब नाफा अलि कम हुने, अब बैंक डुब्दैन, बैंकले बडो विचार गरेर लगानी गर्या हुन्छ । अफ्ठ्यारो बेलामा पनि लगानीयोग्य रकम हुने भाको हुनाले त्यसले गर्दा यो इन्स्ट्रुमेन्टले चाहीँ अब बैंक वित्तीय संस्थालाई बढी मजबुत बनाउँछ त्यो भन्दा बढी केही होइन । अब हकप्रदको कुरामा यो त केन्द्रिय बैंकले निर्णय लिने हो, उसको इच्छा हो दिने नदिने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको