Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीको वित्तीय स्थिति - १४ वटाको विवरण सार्वजनिक हुँदा ७ वटा नोक्सानीमा

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १३ : ५८ मा प्रकाशित

फाइनान्स कम्पनीको वित्तीय स्थिति - १४ वटाको विवरण सार्वजनिक हुँदा ७ वटा नोक्सानीमा

फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था पनि खस्किएको छ । पछिल्लो समय भएको जेन–जी आन्दोलन र मुलुकको असहज आर्थिक अवस्थाकै कारण फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर बनेको हो ।

सञ्चालनमा रहेका १७ फाइनान्समध्ये हालसम्म १४ वटाले चालू आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये सातवटा फाइनान्स कम्पनीहरु खुद नोक्सानीका साथै उच्च निष्क्रिय कर्जा (एनपीएल)ले ग्रस्त देखिएका हुन् ।

विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा मञ्जुश्री फाइनान्सले ४ करोड ६३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाउँदा ४.१३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्सले ९ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाउँदा ३.१२ प्रतिशत कर्जा निष्क्रिय थियो ।

यता गुडविल,आईसीएफसी र सेन्ट्रल फाइनान्सले पहिलो तीन महिनामा क्रमशः ३ करोड ७३ लाख ८४ हजार, २ करोड २४ लाख ५५ हजार र १ करोड ८४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीहरुमा क्रमशः ६.३३, २.७७ र १२.०९ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुले क्रमशः ४ करोड ९५ लाख १३ हजार, ६ करोड ८८ लाख र ४ करोड ९५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः ८४.९१,३.६९ र ५.७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

त्यसैगरी, मल्टीपर्पस र श्री इन्भेस्टमेन्ट फाइनान्स क्रमशः १ करोड ३५ लाख ६७ हजार र ३४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः ६.९३ र ३.३४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको पहिलो त्रैमासिकमा यी फाइनान्स कम्पनीहरुले क्रमशः १ करोड ४७ लाख ७४ हजार र ४१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः ४.९७ र ३.१९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

यसबाहेक जानकी फाइनान्सले पनि १८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाउँदा ५३.८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सले २ करोड ३० लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा ३८.४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । उता, गोर्खाज, समृद्धि र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले भने यो अवधिमा क्रमशः ४ करोड २४ लाख १५ हजार, २ करोड १७ लाख २० हजार र ३ करोड ७ लाख ६६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन् । यी कम्पनीहरुमा क्रमशः ५.४४, ९.६७ र ८.०८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमध्ये गोर्खाजले ३ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा समृद्धि र गुहेश्वरीले क्रमशः १८ करोड २० लाख ४ हजार र ११ करोड ३३ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । उक्त अवधिमा यी फाइनान्सहरुमा क्रमशः ३.३२, २३.४७ र १३.५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

त्यस्तै, रिलायन्स र नेपाल फाइनान्सले यो अवधिमा १६ करोड ४८ लाख २७ हजार र ५ करोड ९५ लाख ६० हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः १०.६७ र १३.१० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुले क्रमशः ५ करोड ७४ लाख ५५ हजार र २ करोड ४० लाख १ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः ८.५८ र १०.३६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

प्रोग्रेसिभ र बेस्ट फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः ३ करोड ९० लाख ८० हजार र ४ करोड ४७ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः ६.६७ र १०.१९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुईमध्ये प्रोग्रेसिभले ८ करोड ९ लाख ४० हजार रुपैयाँ नाफा कमाउँदा बेस्टले ८६ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । यस अवधिमा यी फाइनान्सहरुमा क्रमशः ७.४७ र ३.९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको