Like us!
Follow us!
Connect us!
Watch us!

३३ प्रतिशतले बढ्यो गार्डियन माइक्रो लाइफको नाफा, जीवन बीमा कोष साढे ३४ करोड माथि

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १६ : ०५ मा प्रकाशित

३३ प्रतिशतले बढ्यो गार्डियन माइक्रो लाइफको नाफा, जीवन बीमा कोष साढे ३४ करोड माथि

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा सुधार  देखिएको  छ । जसअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३.६६ प्रतिशतले बढेको हो।

गत आवको असोज मसान्तसम्म यस कम्पनीले ५३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा चालू आवको असोज मसान्तसम्म ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५ करोड १३ लाख ८२ हजार रुपैयाँबाट ११९.४५ प्रतिशतले बढेर ११ करोड २७ लाख ६० हजार रुपैयाँ पुगेको छ। त्यसैगरी कुल आम्दानी ६ करोड ४१ लाख ९० हजारबाट बढेर १६ करोड ३ लाख ९० हजार पुग्दा कुल खर्च पनि ५ करोड ८८ लाख ८९ हजारबाट बढेर १५ करोड ३३ लाख ६ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ०.२६ पैसाले घटेर ३.७८ रुपैयाँमा झरेको छ जुन गत आवको पहिलो त्रैमासमा ४.०४ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.४१ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ३२ लाख ९३ हजार रुपैयाँ र जगेडा कोषमा २ करोड २१ लाख ९१ हजार रुपैयाँ रहेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमाकोष ५ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ५५९.२२ प्रतिशतले बढेर ३४ करोड ६४ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको