अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले साउन २६ गते हकप्रद प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। जस अनुसार साउन २५ गते सेयर किनेर वा होल्ड रकायम सेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सकिनेछन ।
अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन हुनेछ।
अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस