Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेकाे अपर तामाकाेशीले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १२ : ४९ मा प्रकाशित

शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेकाे अपर तामाकाेशीले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा भदाै ६ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । 

साधारण सभाको विषय सूची
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेबारे ।
२. लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/ ( नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेबारे ।

३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेबारे ।
४. विविध ।

विशेष प्रस्ताव
१. आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८ / ७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने सम्बन्धमा ।
२. विविध ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सूचना हेर्नुहाेस् : 

64c8b7c9d7d28.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको