Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १३ : २४ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह

बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता गर्न सेवाग्राहीलाई राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । 

‘बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागौँ’, ‘सोको यथोचित व्यवस्थापनका लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत संरचनाप्रति समस्या समाधानको पहल गर्नुपर्दछ।’ केन्द्रिय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ । यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको छ ।

केन्द्रिय बैंकले जारी गरेको सूचना यस्तो छः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको