Like us!
Follow us!
Connect us!
Watch us!

एलआइसी नेपालको साधारणसभा आज बस्दै

अर्थ संसार

बुधबार, १७ साउन २०८०, ०७ : ३४ मा प्रकाशित

एलआइसी नेपालको साधारणसभा आज बस्दै

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को साधारणसभा आज (साउन १७ )बस्दै छ। साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा बस्दै छ। यसअघि दिउँसो ४ बजे हुने भनेता पनि समय समय परिवर्तन गरेर १२ः१५ बजे सारिएको छ।  

साधारण प्रयोजनार्थ कम्पनीले  साउन ९ गते बुक क्लोज गरेको थियो।  अर्थात साउन ८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । कम्पनीले गत वर्ष भने २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको