Like us!
Follow us!
Connect us!
Watch us!

व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने, शुल्क लिएमा खबर गर्न कामपाको आग्रह

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १२ : १८ मा प्रकाशित

व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने, शुल्क लिएमा खबर गर्न कामपाको आग्रह

रेस्टुरेन्ट, निजी मार्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीहरुलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ ।

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीहरुलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले पार्किङ शुल्क लिएमा सम्पर्क अधिकारी नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तत्काल खबर गर्न बताए ।

उनले आर्थिक ऐन, २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकी ऐन कार्यान्वयनलाई अगाडि बढाइएको बताए ।

महानगरको आर्थिक ऐनले निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवाप्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । यो ऐन जारी भएदेखि महानगरले अवधि तोकेर पार्किङ सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको