आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ९.२५ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८६.८४ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से बढेपनि आज कारोबार रकम भने निकै खुम्चिएको छ । आज १ अर्ब ८१ करोड २४ लाख ७३ हजार माथिको कारोबार भएको हो ।
आज ११७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार अब्बल रह्यो । नेप्सेमा १३ उपसमूह मध्ये फाइनान्स इनडेक्समा लगानीकर्ताको आकर्षण देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस