Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको असाधारण प्रगति: चुक्ता पुँजी भन्दा धेरै रिजर्भ,ईपीएसमा अरु बैंकलाई मात खुवायो

अर्थ संसार

आइतबार, २१ साउन २०८०, ०७ : ३५ मा प्रकाशित

एनआईसी एशिया बैंकको असाधारण प्रगति: चुक्ता पुँजी भन्दा धेरै रिजर्भ,ईपीएसमा अरु बैंकलाई मात खुवायो

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

खुद नाफा 
समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो १० प्रतिशतको वृद्धि हो।अघिल्लो वर्षको यहि अवधिसम्म बैंकले ४ अर्ब २१ करोड खुद बाफा कमाएको थियो। 

खुद ब्याज आम्दानी

बैंकको खुद ब्याज आम्दानी बढेको छ। आम्दानी ९.५८% ले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

सञ्चालन नाफा

बैंकको समिक्षा अवधिमा सञ्चालन नाफा पनि १४.४५% बढेको छ । 

खराब कर्जा अनुपात (एनपीएल)

एनपीएल ०.५३ प्रतिशतबाट बढेर ०.८ प्रतिशत पुगेको छ। 

चुक्ता पुँजी
 ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ

रिजर्भ 
रिजर्भमा १४ अर्ब ३८ करोड ८४ लाख  रुपैयाँ जम्मा भएको छ जुन चुक्ता पुँजी भन्दा धेरै देखिन्छ । 

प्रतिसेयर आम्दानी(ईपीएस)
३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ पुगेको छ। 

प्रतिसेयर नेटवर्थ 
२५६.४१ रुपैयाँ 

निक्षेप संकलन र कर्जा परिचालन
बैंकले सो अवधिसम्ममा  ३ खर्ब १४ अर्ब निक्षेप संकलन गरेर  २ खर्ब ७१ अर्ब कर्जा परिचालन गर्न सफल भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको