आज (आइतबार) नेप्सेमा व्यापक गिरावट आएको छ । आज ३८.३७ अंकले नेप्से घट्दा इन्डेक्स भने २०५१.४७ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से घटेपनि आज कारोबार रकम गत साताको तुलनामा केहि उक्लिएको छ । आज २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार माथिको कारोबार भएको हो ।
आज १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा घटेपनि आज सानिमा बैंकको कारोबार अब्बल रह्यो । नेप्सेमा पहिरो आएसँगै सबै सूचक राताम्मे देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस