Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकको वित्तीय विवरण : एभरेष्ट बैंकको उच्च लाभांश क्षमता, कुन बैंकको लाभांश क्षमता कति छ ?

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १५ : १९ मा प्रकाशित

वाणिज्य बैंकको वित्तीय विवरण : एभरेष्ट बैंकको उच्च लाभांश क्षमता, कुन बैंकको लाभांश क्षमता कति छ ?

यतिबेला वित्तीय विवरणको लहर चलिरहेको छ । नयाँ आर्थिक वर्ष सुरू भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा बैंक वित्त संस्था अघि देखिएका छन् ।

आजसम्म २० वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । समग्रमा बैंकहरूको विवरण आकर्षक देखिएको छ । अधिकांश बैंकहरूको प्रस्तुती राम्रो देखिएको छ । 

चाैथाे त्रैमाससम्म २० वटा वाणिज्य बैंकले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् । समिक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएकाे छ । चाैथाे त्रैमाससम्म बैंकले ७ अर्ब ५२ करोड रूपैयाँ नाफा आर्जन गरेकाे हाे । 

आज हामी यहाँ बैंकहरूकाे लाभांश क्षमताकाे बारेमा कुरा गर्नेछाैँ । २० वटा बैंकमध्ये सबैभन्दा उच्च लाभांश क्षमता एभरेष्ट बैंककाे देखिएकाे छ । एभरेष्ट बैंकले ४०.५० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।  त्यसपश्चात् उच्च लाभांश बाँड्न सक्ने दाेश्राे र तेश्राेमा एनआईसी एशिया बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेकाे छ । 

२ वटा बैंकहरूकाे वितरणयोग्य नाफा नकारात्मक देखिएकाे छ । हिमालयन बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडकाे वितरणयोग्य नाफा नकारात्मक रहेकाे हाे । यसबाहेक प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता पनि शुन्य प्रतिशतको लाइनमा रहेकाे छ।

तथ्याङ्कमा हेर्नुहाेस् कुन बैंकको लाभांश क्षमता कति छ ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको