नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज (आइतबार) नेप्सेमा आशा लघुवित्त, विजय लघुवित्त, साना किसान लघुवित्तको सेयर सूचीकृत भएको हो ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड साविकको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १०० का दरले २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै साबिकको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने–गाभिने (मर्जर) गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १००का दरले कुल ३६ लाख १० हजार ४०३.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ७०३.५५ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही आधारमा सोमबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।
त्यस्तै, साबिकको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने–गाभिने (मर्जर) गर्दा १ः०.८७ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १०० का दरले कुल १ करोड ३६ लाख ४ हजार ५ सय ६९.३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८४८.३६ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही आधारमा सोमबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस