Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियाको सेयरमा खेलियो यस्तो खेल, नेप्से भन्छ : 'अध्ययन गरेर कारबाही गर्छौं'

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १६ : ४१ मा प्रकाशित

नेपाल रिपब्लिक मिडियाको सेयरमा खेलियो यस्तो खेल, नेप्से भन्छ : 'अध्ययन गरेर कारबाही गर्छौं'

नेपाल रिपब्लिक मिडियाको सेयरमा चलखेल भएको छ। आज आईतबारबाट एनआरएम (NRM) सिम्बोलमा कारोबारमा आएको यस कम्पनीको संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता र सर्वसाधारण समूहको ४३ लाख कित्ता सेयर गत बिहिबार नेप्सेमा सुचिकृत भएको थियो। नेप्सेले रिपब्लिकको ओपनिङ्ग रेञ्ज न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्म तोकेको थियो।  

रिपब्लिकको पहिलो कारोबार २५० रुपैयाँ ४० पैसामा भएको थियो। सो मूल्यमा १० कित्ता सेयर कारोबार भयो। त्यसपछि भने 'टुक्रे' कित्तामा कारोबार गराईयो। २/३/१/४/५ कित्ता कारोबार हुँदै कम्पनीको मूल्य २७१ रुपैयाँसम्म पुर्याईयो। त्यसपछि पनि बीच - बीचमा टुक्रे कारोबारहरु भए। त्यस्तो टुक्रे कारोबारहरुलाई 'अड लट' कारोबार भनिन्छ। धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ को परिच्छेद -२, दफा ५ मा अंकित मूल्य रु १० भएका कम्पनीहरुको न्युनतम कारोबार १०० कित्तामा हुनुपर्ने र यदि अंकित मूल्य १०० रुपैयाँ भए १० कित्ता हुनुपर्ने व्यवस्था छ। सो भन्दा कम कित्ता पनि कारोबार गर्न पाइन्छ जसलाई अड लट कारोबार भनिन्छ। डिम्याट खातामा न्यूनतम कित्ता उपलब्ध नभएको अवस्थामा अड लट कारोबार गर्न पाइन्छ। तर यदि खातामा न्यूनतम कित्ता ( अंकित मूल्य १० रुपैयाँ भएका कम्पनीहरुको हकमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएका कम्पनीहरुको हकमा १० कित्ता) हुँदाहुँदै पनि अड लट बनाएर बिक्रि गर्न पाइदैन।  

धितोपत्र कारोबार संचालन विनियमावलीमा यस्तो व्यवस्था हुँदाहुँदै पनि मूल्यमा प्रभाव पार्ने हिसाबले बदनियतपूर्ण तरिकाले न्यूनतम कारोबारका लागि आवश्यक कित्ता हुँदाहुँदै पनि सेयर टुक्र्याएर कारोबार हुन थालेपछि २०७९/०१/२५ का दिन नेप्सेले एक 'अत्यन्त जरुरी' सूचना जारी गर्दै अड लट कारोबार नगर्न/नगराउन सरोकारवालाहरुलाई सचेत गरायो। 

नेपाल रिपब्लिक मिडियाको सेयर भर्खरैमात्र नेप्सेमा सुचिकृत भएका कारण कुनै लगानीकर्ताको खातामा १० कित्ताभन्दा कम सेयर हुने सम्भावना देखिदैन। १० कित्ताभन्दा कम सेयर कसैको खातामा पनि नभएको अवस्थामा अड लट कारोबार गर्नु भनेको चलखेल नै हो। 

यो विषयमा नेप्सेमा प्रवक्ता मुराहरी पराजुलीसँग कुरा गर्दा उनले यदि चलखेल गर्ने नियतले कारोबार गरिएको भए आवश्यक कारबाही गरिने बताए।  

अड लट कारोबार सम्बन्धी नेप्सेले सार्वजनिक गरेकाे सूचना यस प्रकारकाे थियाे :

धिताेपत्र काराेबार सञ्चालन विनियमावली, २०७५ मा के छ ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको