Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको बैंकिङ्ग विभागमा माछापुच्छ्रे बैंकको क्यु.आर.कोड सेवा सञ्चालनमा

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ११ : १८ मा प्रकाशित

राष्ट्र बैंकको बैंकिङ्ग विभागमा माछापुच्छ्रे बैंकको क्यु.आर.कोड सेवा सञ्चालनमा

विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । 

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनीज्यू एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाज्युले संयुक्त रुपमा हस्ताक्षर गरि मिति २०८० श्रावण २१ गते देखि सुरुवात गरेका हुन् । 

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यु. आर. मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । 

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको