आज (सोमबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले घटेको नेप्से आज ३.२१ अंकले घटेको छ । नेप्से घट्दा इन्डेक्स भने २०४८.२६ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से घटेपनि आज कारोबार रकम आइतबारको तुलनामा केहि खुम्चिएको छ । आज २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार माथिको कारोबार भएको हो ।
आज ११६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा घटेपनि आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस