आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज २८.४० अंकले नेप्से घट्दा इन्डेक्स भने २०१९.८५ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से घटेपनि आज कारोबार रकम सोमबारको तुलनामा केहि खुम्चिएको छ । आज १ अर्ब ७३ करोड ७० लाख १४ हजार माथिको कारोबार भएको हो ।
आज २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा घटेपनि आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । नेप्से घटेसँगै आज सबै समूह समेत राताम्मे भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस