अमेरिकाको विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि नेपालीसहित सात देशका नागरिकलाई भिसा आवेदनको समयमा धरौटी तिर्नुपर्ने निर्णय गरेको छ। धरौटी रकम ५,००० देखि १५,००० अमेरिकी डलर (करिब ७ लाख २२ हजार देखि २१ लाख ६६ हजार रुपैयाँ) सम्म हुनेछ।
विदेश मन्त्रालयको वेबसाइटका अनुसार, भिसा अन्तर्वार्तामा कन्सुलर अधिकारीले धरौटी रकम तय गर्नेछन्। निर्देश प्राप्त गरेपछि मात्र यात्रुले आई–३५२ फारम भर्ने र पे.गोभमा अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेछ। धरौटी तिर्नाले स्वचालित रूपमा बी–१/बी–२ भिसा स्वीकृत भएको मानिने छैन र कन्सुलरको निर्देशनबिना जम्मा गरिएको रकम फिर्ता हुने छैन । यो पहल अस्थायी रूपमा लागू गरिएको हो र ५ अगस्ट २०२६ सम्म कायम रहनेछ।
धरौटी भुक्तानी गर्ने यात्रुहरूलाई अतिरिक्त यात्रा प्रतिबन्ध लाग्नेछ र भिसा स्वीकृति पाएपछि उनीहरूले केवल बोस्टन लोगान, जोन एफ केनेडी, र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट मात्र अमेरिका प्रवेश गर्न सक्नेछन्। अन्य स्थानबाट प्रवेश गरेमा रोक वा गलत रेकर्डको जोखिम रहन्छ। विदेशी वकिलहरूले यात्रुहरूलाई आगमन र प्रस्थान मितिमा ध्यान दिन र भिसाका शर्तहरूको पालन गर्न सल्लाह दिएका छन्। ढिलाइ वा रद्द भएको उडानले बसाइ लम्बिँदा धरौटी रकम जोखिममा पर्न सक्छ।
धरौटी तिर्नुपर्ने देशहरूमा नेपाल, अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे पर्दछन्।
भिसा धरौटीका शर्तहरू
धरौटी फारम (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ इमिग्रेशन्स बोन्ड) र ट्राभल डट् स्टेट डट् गोभमा तोकिएका छन् ।
यस्तो परिस्थितिहरूमा धरौटी रद्द गरिनेछ र रकम स्वतः फिर्ता गरिनेछः
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भिसावाहकलाई अमेरिकामा बस्न अनुमति दिइएको अन्तिम मिति वा सोभन्दा अगाडि नै अमेरिकाबाट प्रस्थान गरेको रेकर्ड राखेमा, वा भिसावाहकले भिसाको म्याद समाप्त हुनुभन्दा अगाडि अमेरिकाको यात्रा नगरेमा, वा भिसावाहकले अमेरिकाको प्रवेश विन्दुमा प्रवेशका लागि आवेदन दिँदा प्रवेश अस्वीकार गरिएमा ।
भिसावाहकले भिसा धरौटीका शर्तहरू उल्लंघन गरेको हुन सक्ने मुद्दाहरूलाई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले यूएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेजमा पठाउनेछ । शर्तहरूको उल्लंघन भएको हो वा होइन भन्ने कुरा निर्धारण गर्नका लागि यसो गरिन्छ ।
यसमा निम्न परिस्थितिहरू समावेश छन्
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको रेकर्डले भिसावाहकले अमेरिकामा बस्न अनुमति दिइएको मिति समाप्त भएपछि मात्र अमेरिका छोडेको देखाएमा ।
भिसावाहक अनुमति दिइएको अवधिभन्दा बढी समय अमेरिकामै बसेमा र देश नछोडेमा । भिसावाहकले शरण दाबी गर्ने लगायतका अन्य गैर–आप्रवासी स्थिति परिवर्तन गर्न निवेदन दिएमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस