Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु

अर्थ संसार

आइतबार, २० पुस २०८२, १२ : ०७ मा प्रकाशित

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको दाबी न्यूयोर्क टाइम्सले गरेको छ।

समाचार अनुसार शनिबार अमेरिकाले राजधानी काराकाससहित विभिन्न शहरहरूमा आक्रमण गरेको बताइएको छ। उक्त आक्रमणपछि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई अमेरिकाले न्यूयोर्क लगेर हिरासतमा राखेको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए। तर, न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्ट अनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरूको मृत्यु भएको छ। नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको